गजल : सीमा मिचिदिए झै गर्छन…

डिसी नेपाल
६ जेठ २०७७ २१:२९

कैयौं रहेछन् अझै पनि दुश्मन बल्ला बुझियो ।
जब परिवर्तन भैदिएर बचपन बल्ल बुझियो ।।

सीमा भिचिदिए झै गर्छन अर्काको दिलमा बसी,
त्यसपछि बल्झिदिँदो रहेछ यो मन बल्ल बुझियो ।।

भन्छन कर्कलाको पात माथिको पानी हो एकदिन,
अवश्य पुग्ने छ आर्यघाटमा जीवन बल्ल बुझियो ।।

जुन दिनदेखि यो मन भित्रको मान्छे हराएर गयो,
सताइ रहन्छ सम्झनाले झन–झन बल्ल बुझियो ।।

विचरा गरिबको छोराले सडकमा आत्महत्या गर्‍यो,
कति चाहिँदो रहेछ मरेपछि धन बल्ल बुझियो ।।

रणबहादुर बि. क.
ठाटिकाँध ६ दैलेख


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *