सोमबारदेखी ईङल्यान्ड महिला क्रिकेट टोली अभ्यासमा

डिसी नेपाल
५ असार २०७७ १८:४०

काठमाडौं । दक्षिण अफ्रिका र भारत बिरुद्वको त्रिकोणात्मक श्रंखलाको आशमा ईङल्यान्ड क्रिकेट बोर्डले महिला टिमका २४ खेलाडीहरु २२ जुन देखी ब्यक्तिगत अभ्यासमा फर्कने घोषणा गरेको छ । ईङल्यान्ड महिला टोलीले भारत संग ३ एकदिवसीय र ३ टि २० अन्तराष्ट्रिय खेल्ने तय भएको थियो । तर हालको लागी यो स्थगित रहेको छ ।

ईसीबीले यस बर्ष दक्षिण अफ्रिका र भारत बिरुद्वको त्रिकोणात्मक श्रंखलाको लागी भारतीय क्रिकेट बोर्ड र क्रिकेट दक्षिण अफ्रिकालाई फकाउने कोसिस जारी राखे पनि अहिले सम्म अन्तिम निर्णय आएको छैन ।

ईसीबीका अनुसार खेलाडीहरुले ६ स्थानमा अभ्यास गर्नेछन । पहिले ब्यक्तिगत अभ्यास हुनेछ त्यसपछि स–साना समुहमा अभ्यास गरिनेछ । प्रस्तावित श्रंखलाको पुष्टि भएपछि एकदिवसीय र टि २० का लागी टोलीको घोषणा गरिनेछ ।

अभ्यासको लागी स्वास्थ्य सम्बन्धि नियमहरुको साथै जैवी सुरक्षित वातावरण अपनाईनेछ जुन पुरुष टोलीहरुको लागी लागु गरिएको छ ।

अभ्यासका लागी चयन भएका खेलाडीहरु टेमी ब्यूमोन्ट, लरेन बेल, क्याथरिन ब्रन्ट, केट क्रस, एलिस डेभिडसन–रिचर्ड्स, फ्रेया डेविस, सोफिया डन्क्ले, सोफी एक्लेस्टोन, जर्जिया एल्विस, क्याटी जर्ज, सारा ग्लेन, क्रिस्टी गोर्डन, एमी जोन्स, हेदर नाइट, नट्टावर अन्त्य श्रीब्सोल, ब्रायनी स्मिथ, लिन्सी स्मिथ, मैडी भिलिअर्स, फ्र्याक विल्सन, लरेन विन्फिल्ड, इस्वी वोंग र ड्यानी व्हाइट रहेकी छिन ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *