टेबलटेनिस मुख्य प्रशिक्षकमा ढुङ्गेल

डिसी नेपाल
७ असार २०७७ १७:५३

काठमाडौं । राष्ट्रिय खेलकूद परिषद् (राखेप)ले टेबलटेनिसका प्रशिक्षक सञ्जिवकुमार ढुङ्गेललाई मुख्य प्रशिक्षकको जिम्मेवारी दिएको छ । निवर्तमान मुख्य प्रशिक्षक विनोद शाक्यले ५८ वर्ष उमेर हदका कारण अनिवार्य अवकाश पाएपछि ढुङ्गेललाई उक्त जिम्मेवारी दिएको राखेप प्रचारप्रसार शाखाका अधिकृत लोकेन्द्रकुमार बस्नेतले जानकारी दिए।

विसं २०५२ मा सहायक प्रशिक्षकबाट राष्ट्रिय खेलकूद परिषद्को सेवामा प्रवेश गरेका ४९ वर्षीय ढुङ्गेल २०६४ सालमा प्रशिक्षकमा बढुवा भएका थिए । गत वर्ष मङ्सिरमा सम्पन्न १३औँ दक्षिण एशियाली खेलकूद (साग) मा उनले नेपाली टोलीको प्रशिक्षकको जिम्मेवारी निर्वाह गरेका थिए । नेपालले १३औँ सागमा टेबलटेनिसमा एक रजत र चार कांस्यपदक जितेको थियो । ढुङ्गेलले टेबलटेनिस खेलको विकास र विस्तारमा समर्पित रहने प्रतिबद्धता व्यक्त गरेका थिए।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *