राखेपका कर्मचारीलाई स्वास्थ्य सामाग्री हस्तान्तरण
काठमाडौं। राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले आफू मातहतमा कार्यरत विभिन्न निकायका कर्मचारीलाई आइतबार स्वास्थ्य सामाग्री प्रदान गरेको छ।
राखेपमा कार्यरत स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, सरसफाइका कर्मचारी, मालीलगायतलाई स्वास्थ्य सामाग्री प्रदान गरिएको हो। राखेपका सदस्य–सचिव रमेशकुमार सिलवालले सम्बन्धित निकायका प्रतिनिधिलाई सामाग्री हस्तान्तरण गरे।
प्रदान गरिएका सामाग्रीमा पीपीई, केएन ९५ मास्क, सर्जिकल मास्क, फेस सिल्ड, हेड गार्ड, जुत्ता, सेनिटाइजर, चस्मा र पन्जा रहेका छन्। कोरोना भाइरस (कोभिड– १९) को जोखिमलाई मध्यनजर गरी उच्च सतर्कताका साथ काम गर्न सहज होस् भन्ने उद्देश्यले स्वास्थ्य सामाग्री प्रदान गरिएको राखेपअन्तर्गत खेलकुद चिकित्सा तथा अनुसन्धान केन्द्रका प्रमुख तिलक नेपालीले जनाएका छन्।
No ads found for this position


डिसी नेपाल
Facebook Comment