स्टोक्सले पहिलो पटक कप्तानको पद सम्हाल्दै

डिसी नेपाल
१७ असार २०७७ ११:०३

काठमाडौं । जुलाईमा इङल्यान्ड र वेस्टइन्डिज बिच सुरुहुने टेस्ट श्रृंखलाबाट चार महिना पछि अन्तर्राष्ट्रिय क्रिकेट पुनः फिर्ती भईरहेको छ। तर श्रृंखला सुरु हुनु भन्दा पहिले घरेलु टोलीलाई झटका लागेको छ। श्रृंखलामा इङल्यान्ड टेस्टका नियमित कप्तान पहिलो खेलको लागि उपलब्ध हुने छैनन। पहिलो खेलको लागि रुटको अनुपस्थितिमा इङल्यान्डका क्रिकेट बोर्डले टिमको कमान अलराउन्डर बेन स्टोक्सलाई हस्तान्तरण गरेको छ।

बेन स्टोक्सले पहिलो पटक ईङल्यान्ड टोलीको कमान्ड गर्ने देखिन्छ। रुटकी श्रीमती क्यारी यस हप्ता आमा बन्न लागेको कारण उनले पहिलो टेस्ट खेल्ने छैनन । उनको श्रीमतीले दोस्रो बच्चाको जन्माउने क्रममा अस्पतालमा बस्न चाहान्छिन्। रूटले बुधवार टिमको प्रशिक्षण शिविर छोड्नेछ।

स्टोक्सले इङल्यान्डका लागि टेस्टमा ४ हजार ५६ रन बनाएका छन्। यस बाहेक स्टोक्सले ९५ एकदिवसीय र २६ टि २० अन्तर्राष्ट्रिय खेल पनि खेलेका छन् तर उनले अहिले सम्म प्रथम श्रेणी, लिस्ट ए वा टि २० खेलको कप्तान बनेका छैनन्। यसकारण उनी इङल्यान्डको क्रिकेट इतिहासमा सबैभन्दा कम अनुभवी कप्तान बन्नेछन्।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *