भारतको कोरोना संक्रमितको संख्या २० लाख नाघ्यो

डिसी नेपाल
२३ साउन २०७७ ८:२८

काठमाडौं। भारतको कोरोना भाइरस संक्रमितको संख्या २० लाख नाघेको छ। भारतमा हालसम्म २० लाख २१ हजार ४०७ जना कोरोना संक्रमित फेला परेका छन्।

यसैगरी हालसम्म १३ लाख ७४ हजार ४२० जना उपचारपछि निको भएका छन् भन हालसम्म ४१ हजार ६ सय २७ जनाको मृत्यु भएको छ। भारतमा ६ लाख ४ हजार ९०६ एक्टिभ केश रहेका छन्।

यद्यपि भारतमो कोरोना संक्रमणको संख्या बढेपनि कोरोनाबाट निको हुनेको संख्या पनि बढिरहेको छ। भारतले कोरोनाबाट निको हुनेको संख्या सक्रिय केश भन्दा दोब्बर पुगेको छ।

बिहीबार राति दश बजेसम्मको तथ्यांक अनुसार भारतमा कोरोना संक्रमित सक्रिय बिमारीको संख्या ६ लाख ४ हजार छ भने हालसम्म १३ लाख ७५ हजार उपचारपछि निको भएका छन्।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *