कुवेतमा बसोवास अनुमतिको नियम उल्लंघन गरेका विदेशीले फेरि अनुमति लिन पाउने
काठमाडौं। कुवेतमा बसोवास अनुमतिको म्याद गुज्रिइसकेपछि पनि अनुमति नवीकरण नगरी त्यहीँ बसेर नियम उल्लंघन गरेका विदेशीहरुले फेरि बसोवास अनुमति लिएर त्यहीँ बस्न पाउने भएका छन् । कुनेतको आन्तरिक मामिला मन्त्रालयले डिसेम्बर महिनाभरी पुनः अनुमति लिन चाहने विदेशीहरुलाई प्रक्रिया पुर्याएर अनुमति दिने भएको छ ।
अरब टाइम्स अनलाइनका अनुसार यसरी पुनः अनुमति लिन चाहने विदेशीहरुले पहिले नियम उल्लंघन गरेवापत निश्चित जरिवाना तिर्नुपर्नेछ । सरकारले हरेक दिन एक गभर्नोरेटमा ४ सय जनाका दरले ६ गभर्नोरेटमा दैनिक २ हजार ४ सय जनाको नयाँ बसोवास अनुमतिको प्रक्रिया अगाडि बढाउने तयारी गरेको छ । यसका लागि छुट्टै वेबसाइट पनि बनाइएको छ जहाँबाट विदेशीहरुले पहिल्यै बारकोड लिएर आफ्नो कामको लागि कार्यालयबाट पालो लिन पाउनेछन् ।
स्वास्थ्य सुरक्षाका कारण र भीडभाड हुन नदिन यसरी पहिल्यै पालो लिन मिल्ने व्यवस्था गरिएको बताइएको छ । यी सबै प्रशासकीय कार्यालयहरु एक खास नेटवर्कबाट एक अर्कासँग जोडिएका हुनेछन् र तत्कालै सूचना आदान प्रदान गर्न सक्नेछन् । कुवेतका करिब १ लाख ३० हजार गैरकानुनी रुपमा बसेका विदेशीहरुमध्ये ४० हजार जनाले यो अवधिमा वैध बसोवास अनुमति लिने अनुमान गरिएको छ ।
No ads found for this position

डिसी नेपाल
Facebook Comment