साहित्यकार डा. समीरलाई साहित्य सन्ध्या पुरस्कार

डिसी नेपाल
६ चैत २०७७ १२:११
68
Shares

काठमाडौं । साहित्यकार तथा जनस्वास्थ्यविद डा. रवीन्द्र पाण्डे (समीर)लाई ‘साहित्य सन्ध्या पुरस्कार’ दिइने भएको छ। साहित्य सन्ध्याले नेपालले उक्त पुरस्कार डा. समीरलाई दिने निर्णय गरेको हो।

नेपाली लघुकथा विधामा लामो अनुभव पुर्‍याएको योगदानको कदरसहित समीरलाई पुरुसकार दिन लागिएको हो। समीरले पछिल्लो समय स्वास्थ्यमा आधारित लघुकथाहरु लेखिरहेका छन्।

सन्ध्या नेपालका अनुसार प्रज्ञा प्रतिष्ठानका कुलापति गङ्गाप्रसाद उप्रेतीको प्रमुख अतिथ्यमा उक्त पुरस्कार प्रदान गरिने भएको छ। पुरस्कारको राशि १५ हजार नगद रहेको छ।

रविन्द्र समीरको ‘मृत्युको आयु’ लघुकथा संग्रह बहुचर्चित भएको छ। मृत्युको आयुमा विदेशमा हुने नेपालीको मृत्यु भएमा नेपाल पुग्दा र दाहसंस्कार हुँदासम्मको बेलीविस्तार लगाएका छन्।

उनले पछिल्लो समय कोरोनाको अनुभव, कोरोना संक्रमित हुँदाको पीडा र विदेशमा रहँदा कोरोना संक्रमणभएपछिको अनुभवहरुलाई आधार बनाएर लघुकथा लेख्दै आएका छन्।

 

 


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *