‘अन्तिम अतिथि’ कथाले पायो एक लाख पुरस्कार
काठमाडौं । बाह्रखरी मिडियाले आयोजना गरेको तेस्रो डिशहोम १२खरी कथा लेखन प्रतियोगिताको प्रथम पुरस्कार मनोजादित्य न्यौपानेले प्राप्त गरेका छन् । १ लाख पुरस्कार राशीको उक्त पुरस्कार छनौट कमिटीमा वरिष्ठ साहित्यकार नारायण ढकाल, समालोचक क’मारी लामा र कथाकार विवश पोख्रेल रहेका थिए ।
यस्तै, दोस्रो पुरस्कार स्वप्निल नीरवले ‘बुढो घर’ कथाका लागि प्राप्त गरेकी छन् भने तेस्रो पुरस्कार ‘मुडुली’ कथाका लागि रेणुका जिसीले प्राप्त गरेकी छन् । द्वितीय र तृतीय पुरस्कारको राशि क्रमशः साठी हजार र चालिस हजार रुपैयाँ रहेको छ ।
आज काठमाडौंमा आयोजित कार्यक्रममा विजेता घोषणासँगै प्रतिस्पर्धामा आएका कथाहरूमध्ये उत्कृष्ट २५ कथाको सँगालो ‘उत्कृष्ट कथा–२०७८’ को पनि लोकापर्ण गरिएको छ ।
प्रमुख अतिथि रक्षामन्त्री डा. मीनेन्द्र रिजालले विजेतालाई पुरस्कार वितरण तथा पुस्तकको लोकार्पण गरेका थिए । प्रमुख अतिथि डा. रिजालले प्रथम तीनसहित उत्कृष्ट २२ कथाकारहरूलाई पनि प्रमाणपत्रसहित पाँच–पाँच हजार रुपैयाँ नगद पुरस्कार प्रदान गरेका थिए ।
उत्कष्ट कथाकारलाई मन्त्री रिजालसँगै डिशहोमका प्रमुख कार्यकारी अधिकृत सुदीप आचार्य, नेपाल इन्भेष्टमेन्ट बैंकका प्रमुख कार्यकारी अधिकृत ज्योति पाण्डे, अजोड इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत कुमारबहादुर खत्री र नेपाल आयल निगमका कार्यकारी निर्देशक सुरेन्द्र पौडेल, नेपाल प्रहरीका महानिरीक्षक शैलेश थापा, सशस्त्र प्रहरी बलका महानिरीक्षक शैलेन्द्र खनाल, बाह्रखरी मिडियाका प्रधान सम्पादक प्रतीक प्रधान, प्रबन्ध निर्देशक ज्ञानेश्वर आचार्य, प्रबन्ध सम्पादक राजेश केसीलगायतले खादा, पुष्पगुच्छा, प्रमाणपत्र, नगद र ट्रफी वितरण गरेका थिए ।
No ads found for this position

डिसी नेपाल
Facebook Comment