कर्णालीका जिल्लामा हिमपात : किसान हर्षित, मुगुमा यो वर्ष पहिलो पटक हिमपात

डिसी नेपाल
१४ पुष २०७८ १०:५०
128
Shares

मुगु। साविकका कर्णालीका हिमाली जिल्ला मुगुसहित जुम्ला, हुम्ला, डोल्पामा हिमपात भएको छ। पुस पहिलाे साताबाट हिमपात सुरु भएकामा पश्चिमी न्यून चापीय प्रणाली सक्रिय भएसँगै मंगलबार रातिबाट भारी हिमपात भइरहेकाे हाे।

मुगुमा याे वर्ष पहिलाे पटक हिमपात भएकाे छ। हिमपातका कारण चिसाे बढेकाे छ। मुगुमा तापक्रम माइनस ३ डिग्रीमा झरेको छ। मुगुका प्रमुख जिल्ला अधिकारी रोमबहादुर महतका अनुसार उच्च पहाडी तथा हिमाली क्षेत्रमा भारी हिमपात भएकाे खबर आएकाे छ।

डोल्पाकाे सदरमुकाम दुनैमा हल्का हिमपात भए पनि उच्च क्षेत्रमा भारी हिमपात भएको छ। मुगुको पुर्वी करान भेगमा पर्ने मुगुम कार्मारोगं गाउँपालिकाका उच्च भेगमा बाक्लो हिमपात भएको स्थानीयले बताएका छन्।

मगु सदरमुकाम गमगढी बजारमा भारी वर्षा भएको छ। हिमपात हुँदा जिल्लाका छायानाथ रारा नगरपालिका, मुगुमकार्मारोगं गाउँपालिका, सोरु गाउँपालिकाका केही क्षेत्रमा सेताम्ये देखिएका छन्।

मध्य पुसमा भारी हिमपात हुँदा कृषिबाली सप्रिने भन्दै किसान खुसी भएका छन् । गहुँ, जौँकाे उत्पादन बढ्ने आशा पलाएकाे किसान मणिचन्द्र भामले बताए।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.