एमाले ललितपुर नेताको समीक्षा : आन्तरिक असहयोगका कारण पराजित भयौँ

डिसी नेपाल
१३ जेठ २०७९ १४:१९
72
Shares

ललितपुर। ललितपुरमा नेकपा एमालेले स्थानीय तह निर्वाचनमा पराजय भोग्नुको कारण आन्तरिक अहसयोग र गठबन्धन ठानिएको छ। निर्वाचन पराजय हुनुमा जिल्ला नेतृत्व नै कमजोर रहेको भन्दै एमाले नेताहरूको असन्तुष्टि बढेको छ।

गोदावरी नगरपालिका मेयर उम्मेदवार गम्भीर राणा पार्टीभित्रैबाट सहयोग नहुँदा पराजय भोग्नु परेको बताउँछन्। उनी भन्छन्, ‘निर्वाचनमा लाग्दा भित्रैबाट सहयोग भएन ।’ उनी कांग्रेसका उम्मेदवार गजेन्द्र महर्जनसँग ३ हजार ९३८ मतले पराजित भए।

महांकाल गाउँपालिकाकी अध्यक्ष उम्मेदवार कमला लामा पनि पार्टीभित्र राम्रो व्यवस्थापन नभएको कारण पराजय भोग्नु परेको बताउँछिन् । लामा गठबन्धनका उम्मेद्वार गणेश केसीसँग ५६८ मतले पराजित भइन्।

नेकपा माओवादीको प्रभाव क्षेत्र मानिने बागमती गाउँपालिकामा एमालेबाट अध्यक्षका उम्मेदवार समेत रहेका पालिका कमिटी अध्यक्ष नवराज सञ्जेल एमालेको पराजय पाँच दलीय गठबन्धनसँग प्रतिस्पर्धा हुनु पनि रहेको बताउँछन्।

आफूहरू पराजयको समीक्षा गरिरहेको बताउँदै सञ्जेल भन्छन्, ‘मलाई मत दिने मतदाताको भावना बुझेर ५ वर्ष पालिकामा काम गर्छु ।’ पार्टी अध्यक्ष पुरुषोत्तम आचार्य पार्टीभित्रै असहयोग भएको स्वीकार्दै आन्तरिक समस्या पनि पराजयको कारक रहेको बताउँछन् ।

एमालेले महालक्ष्मी र कोञ्ज्योसोममा प्रमुख पद जित्न सफल भयो भने ललितपुर महानगरमा उपमेयरसहित ११ वडामा वडाध्यक्ष जितेको छ ।
महालक्ष्मीमा ६ वडामा वडाध्यक्ष, गोदावरी, कोज्योसोम र बागमतीमा १ वडामा वडाध्यक्ष जितेको थियो ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.