गाडी दुर्घटना हुँदा भरतपुर महानगरप्रमुख दाहाल घाइते
काठमाडौं । ललितपुरको जावलाखेलस्थित कुसुन्ती जाने सडकमा आफूचढेको गाडीको टायर पड्किएर भरतपुर महानगरपालिकाका प्रमुख रेनु दाहाल घाइते भएकी छन्।
उनी सवार गाडीको टायर पड्किँदा गाडी अनियन्त्रित भइ विजुलीको पोलमा ठोक्किएर दुर्घटना भएको काठमाडौँ उपत्यका प्रहरी कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक सन्तोष सिंह राठौरले जानकारी दिए ।
उनका अनुसार घाइते दाहालको सुमेरु सिटी अस्पतालमा उपचार भइरहेको र अवस्था खतरामुक्त रहेको जनाइएको छ । उनको टाउकोमा चोट लागेको जनाइएको छ ।
No ads found for this position
प्रतिक्रिया


डिसी नेपाल
Facebook Comment