एमालेबाट ११ हजार ८८३ जनप्रतिनिधि निर्वाचित

डिसी नेपाल
१५ जेठ २०७९ ११:४०
116
Shares

काठमाडौं। नेकपा एमालेका ११ हजार ८८३ जना जनप्रतिनिधि निर्वाचित भएका छन्। निर्वाचन आयोगले गत वैशाख ३० गरेको स्थानीय तह निर्वाचनमा उनीहरु निर्वाचित भएका हुन्।

नेपाली कांग्रेसपछि स्थानीय तह निर्वाचनमा एमालेबाट दोस्रो ठूलो संख्यामा जनप्रतिनिधि निर्वाचित भएका छन्।

आयोगले वैशाख ३० गते एकसाथ सबै ७५३ वटै पालिकामा निर्वाचन गरेको थियो । ३५ हजार २२१ जनप्रतिनिधिको लागि निर्वाचन गरिएको थियो । निर्वाचनमा १ लाख ४५ हजार ११ जनाले उम्मेदवारी दिएका थिए।

आयोगका अनुसार प्रमुखमा ८२, अध्यक्षमा १२३, उपप्रमुखमा ११३, उपाध्यक्षमा १२६, वडाध्यक्षमा २ हजार १२९, महिला सदस्यमा २ हजार ३४३, दलित महिला सदस्यमा २ हजार २८७ र सदस्यमा ४ हजार ६८० जना एमालेका जनप्रतिनिधि निर्वाचित भएका छन्।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *