एकीकृत समाजवादीद्वारा घोषणापत्र तयारी समिति गठन

डिसी नेपाल
२५ साउन २०७९ १८:४१
100
Shares

काठमाडौं । नेकपा एकीकृत समाजवादीले ४ मंसिरमा हुने संघ र प्रदेशको चुनावका लागि घोषणा पत्र तयार पार्न र उम्मेदवार छनोटको मापदण्ड निर्धारणका लागि समिति गठन गरेको छ ।
बुधबार पार्टी कार्यालय आलोकनगरमाा बसेको सचिवालयको बैठकले घोषणापत्र तयार गर्न नेताहरू प्रकाश ज्वाला, गंगालाल तुलाधार र विजय पौडेललाई जिम्मेवारी दिएको छ ।

बैठकले उम्मेदवार छनोटको मापदण्ड र विधिबारे प्रस्ताव तयार पार्ने जिम्मेवारी महासचिव बेदूराम भुसाललाई दिएको छ । निर्वाचन आयोगमा दल दर्ता गराउने जिम्मेवारी उपमहसचिव गंगालाल तुलाधरलाई दिइएको छ ।

निर्वाचन सम्बन्धी निर्देशिका तयार गर्ने जिम्मा पार्टीको कानुन विभागलाई दिइएको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.