लघु कथाः बुज्जकी

डिसी नेपाल
४ भदौ २०७९ १९:४०
96
Shares

तिजको दर खाने दिन थियो । गाउँ घर जताततै तिजका गाना गुन्जी रहेका थिए । ओल्लो पल्लो घरबाट मिठा मिठा परिकारको बासना आउन थालि सकेको थियो । सुन्तलीले पनि दर पकाउन चाँजो पाँजो गर्दै थिइ । अफिसबाट श्रीमान हर्कबिर टुप्लुक्क आइपुगे।

सुन्तलीले भनी “ए हजुर आइपुग्नु भो ? प्यास लागेको होला पानी पिउनु हुन्छ कि?” हर्कबिरले भन्यो, “खै लेउन त एक गिलास पानी ।”  सुन्तलीले पानीको गिलास टक्र्याउँदै फेरी भनी “ हजुर ! यौटा कुरा बिसाउँ है रिसानी नभए?”

के कुरा भनन ? त्यत्रो भुमिका बाध्नु पर्छ त लाटी मलाई भन्नलाई पनि हर्कहिरले भन्यो!

चमेलीले डराउँदै भनि मंगलीले तिजका लागि नयाँ साडी हीराको हार र बाला किनि रे यसपाली पनि। हाम्रो त त्यत्रो किन्ने हविगत छैन एउटा साडी चै किनौ न है। पाँच बर्ष भयो त्यै यौटा साडी लाएको। रंग पनि उडी सक्यो हुन्छ हजुर?

उता हर्कबिरले सुन्तलीलाई भनेर पहिल्यै साडी किनेर ल्याई बाहिर कुनामा लुकाएर भित्र आएको थियो। सुन्तलीका बाक्य भुईँमा खसी नसक्दै हर्कबिर नबोली बाहिर निस्क्यो।सुन्तली भने हर्कबिर नबोली बाहिर निस्केको देखेर धेरै डराई।

एकै छिनमा हर्कबिरले बाहिर लुकाई राखेको पोको लिएर तुरुन्तै भित्र आयो। अमि मिठो मुस्कान दिँदै सुन्तलीको हातमा त्यो पोको थमाउँदै भन्यो “तिमी कति बुज्जकी छौ है सुन्तली! सबैका श्रीमती यल्तै भए ।”

 


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *