माओवादी प्रदेश १ ले यसअघि सिफारिस भएकालाई उम्मेदवार नबनाउने
काठमाडौं। सत्तारुढ नेकपा (माओवादी केन्द्र) ले यसअघि प्रत्यक्ष र समानुपातिकमा सिफारिस भइसकेका आगामी निर्वाचनको समानुपातिक सूचीका लागि सिफारिस नगर्ने भएको छ।
माओवादी केन्द्र प्रदेश १ को विराटनगरमा बसेको पदाधिकारी बैठकले यस अघि सिफारिसमा परेकालाई पुनः सिफारिस नगर्ने भन्दै सर्कुलरसमेत जारी गरेको छ। यस्तो निर्णय गरेको हो।
बैठकको निर्णायानुसार प्रत्यक्ष र समानुपातिककमा एउटै व्यक्तिको नाम सिफारिस गर्न पाइने छैन। समानुपातिक उम्मेदवारको नाम सिफारिस गर्दा क्लस्टर मिलाएर गर्नुपर्ने तथा हालसम्म प्रत्यक्ष वा समानुपातिकबाट प्रदेशसभा र प्रतिनिधिसभा सदस्य भएकालाई सिफारिस गरेर नपठाउन माताहातको कमिटीलाई निर्देशन दिएको छ।
यसरी सिफारिस भएका नेताको नाम २० भदौं भित्र प्रदेश कार्यालयमा पठाउनु पर्नेछ।







डिसी नेपाल








Facebook Comment