श्रेष्ठ र वेलवासेलाई ‘व्यथित काव्य वनिताश्री’ पुरस्कार

डिसी नेपाल
२५ वैशाख २०८० १८:०६
128
Shares

काठमाडौं। जरा कलाकार एवं कवि नरेन्द्रबहादुर श्रेष्ठ र कवि एवं पत्रकार ठाकुर बेलवासेलाई व्यथित ‘काव्य वनिताश्री’ पुरस्कार प्रदान गरिने भएको छ।

३० को दशक देखि नेपाली कविता र रुखका जरामा कला सिर्जना गरेर उत्कृष्ट सेवा गरे वापत श्रेष्ठलाई २०८० सालको उक्त पुरस्कार प्रदान गरिने भएको हो।

पचासको दशक देखि कविता साहित्य र पत्रकारितामा सक्रिय योगदान गरे वापत बेलवासेलाई २०८१ सालको उक्त पुरस्कार प्रदान गरिने भएको वनिता पत्रिकाले एक विज्ञप्ति जारी गर्दै बताएको छ।

पुरस्कृत श्रेष्ठका तीनवटा कविता कृति प्रकाशित भएका छन्, भने उनले शारदा साहित्यिक मासिक लगायत दर्जन बढी पुस्तकको सम्पादन गरेका छन्। श्रेष्ठ दर्जन बढी मानसम्मान र पुरस्कारबाट पुरस्कृत भएका छन्।

यसै गरी बेलवासेका तीन वटा कविता कृति प्रकाशित भएका छन्। साथै उनका (पी सेभेन)को एक संयुक्त कविता कृति र एक समालोचना कृति पनि प्रकाशित छन्।

अढाई दशक देखि पत्रकारितामा सक्रिय बेलवासे रेटियो र टेलिभिजन पत्रकारितामा लोकप्रिय मानिन्छन्। राष्ट्रिय पत्रकारिता पुरस्कार , युवा वर्ष मोती पुरस्कार र क्षेत्रिय प्रतिभा पुरस्कार लगायत डेढ दर्जन बढी पुरस्कार र सम्मान प्राप्त बेलवासेले राष्ट्रिय कविता महोत्सवमा २०५८ मा तृतीय र २०६९ मा प्रथम पुरस्कार प्राप्त गरेका छन्।

पुरस्कार उपयुक्त समय पारेर प्रदान गरिने वनिता पत्रिकाकी सम्पादक\प्रकाशक एवं साहित्यकार लक्ष्मी उप्रेतीले बताएकी छिन् ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *