प्रतिनिधिसभा बैठक जारी, सांसदहरुले विभिन्न विषयमा सरकारको ध्यानाकर्षण गराउँदै

डिसी नेपाल
९ जेठ २०८० ११:२८
36
Shares

काठमाडौं।  प्रतिनिधिसभा बैठक सुरु भएको छ । नयाँबानेश्वरस्थित संघीय संसद भवनमा जारी बैठकको शून्य समयमा सांसदहरुले विभिन्न विषयमा सरकारको ध्यानाकर्षण गराइरहेका छन्।

जारी बैठकमा गत शुक्रबार पेस गरिएको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममाथि पनि छलफल हुनेछ।

गत ५ जेठमा राष्ट्रपति रामचन्द्र पौडेलले संयुक्त सदनमा प्रस्तुत गरेको आर्थिक बर्ष २०८०/८१ को नीति तथा कार्यक्रम माथी आज पनि छलफल जारी छ।

राष्ट्रपति पौडेलले नीति तथा कार्यक्रम प्रस्तुत गरे पछि गत जेठ ७ गते देखी छलफल प्रारम्भ भएको थियो।

प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफनो धारणा राखेर सुरु भएको नीति तथा कार्यक्रम माथी नेकपा एसका अध्यक्ष माधवकुमार नेपाल, राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङदेनलसहित शिर्ष नेताले सम्बोधन गरिसकेका छन्।

सोमवारको बैठकमा झन्डै चार दर्जन सांसदहरुले आफनो धारणा राखिसकेका छन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.