रवि लामिछानेविरुद्धको रिट दर्ता गर्न सर्वाेच्च अदालतको आदेश

डिसी नेपाल
९ जेठ २०८० १५:१०
29.2k
Shares

काठमाडौं। सर्वाेच्च अदालतले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेविरुद्धको रिट दर्ता गर्न आदेश दिएको छ ।

आफ्नै प्रशासनले गरेको दरपिठ गर्ने निर्णय बदर गर्दै  मंगलबार सर्वोच्च अदालतका न्यायाधीश तिलप्रसाद श्रेष्ठको एकल इजलासले लामिछानेविरुद्धको रिट दर्ता गर्न आदेश दिएको हो ।

गत २५ वैशाखमा दिएको रिट निवेदनलाई २८ वैशाखमा सर्वाेच्च अदालत प्रशासनले दरपिठ गरेको थियो । तर, प्रशासनको निर्णयविरुद्ध २ जेठमा युवराज पौडेल सफलले दिएको निवेदनउपर सुनुवाइ गर्दै मंगलबार सर्वाेच्च अदालतले लामिछानेविरुद्ध रिट दर्ता गरी अघि बढाउन आदेश दिएको हो ।

रिटमा पौडेलले रास्वपा सभापति लामिछाने सांसद हुन अझै पनि योग्य नरहेको दाबी गरेका छन्।

नागरिकता पुनः प्राप्तिको क्रममा लामिछानेले अमेरिकी नागरिकता त्यागेको निस्सा माग गर्दै राहदानी दुरुपयोगमा उनी विरुद्ध मुद्दा नचल्ने महान्यायाधीवक्ताको कार्यालयको निर्णय उल्टाउन माग गर्दै पौडेलले रिट दायर गरेका थिए।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *