नक्कली शरणार्थी प्रकरणमा मुछिएका सवैमाथि अनुसन्धान गर्न एकीकृत समाजवादीको माग

डिसी नेपाल
११ जेठ २०८० १२:१९
48
Shares

काठमाडौं। नेकपा एकीकृत समाजवादीले नक्कली भुटानी शरणार्थी प्रकरणमा नाम आएका सवैमाथि अनुसन्धान गर्नुपर्नेमा जोड दिएको छ ।

पार्टी कार्यालय आलोकनगरमा बिहीबार बसेको समाजवादीको केन्द्रीय सचिवालयको अनौपचारिक बैठकले शरणार्थी प्रकरणमा छलफल गर्दै अव हुन सक्ने सम्भावनाका आधारमा नाम आएका सवैमाथि अनुसन्धान गर्नुपर्नेमा जोड दिएको हो । बैठकमा सरकारको नीति तथा कार्यक्रम, आगामी बजेट सरकार र प्रधानमन्त्रीको भारत भ्रमणका बारेमा पनि छलफल भएको प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले जानकारी दिए।

त्यस्तै बैठकमा पार्टी अध्यक्ष माधव कुमार नेपालले शुक्रबारबाट नर्वेमा हुने आफ्नो भ्रमणका बारेमा पनि जानकारी गराएको खतिवडाले बताए। अध्यक्ष नेपाल नर्वेमा हुने माउन्ट समिटको प्रमुख अतिथिका रुपमा त्यसतर्फ जान लाग्नुभएको खतिवडाले जानकारी दिए।

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.