नेपाल मलेसियासँग भिड्दै, जित निकाले सेमिफाइनलमा पुग्ने
काठमाडौं। नेपाल र मलेसियाबीच आज प्रतिस्पर्धा हुँदैछ।
मलेसियामा जारी एसिसी इस्ट जोन कपमा समूह चरणको अन्तिम खेलमा नेपाल घरेलु टोली मलेसियासँग प्रतिस्पर्धामा उत्रन लागेको हो। सो खेल बिहान ७ः१५ बजेवाट सुरू हुँदैछ।
पहिलो खेलमा थाईल्यान्डलाई २ सय २५ रनको फराकिलो अन्तरले हराएको नेपालले घरेलु टोलीलाई पनि पराजित गर्ने उद्देश्यसहित मैदानमा उत्रिन लागेको हो।
नेपालले आज मलेसिया माथि जित निकाल्न सकेमा समूह विजेता बन्दै सेमिफाइनलमा पुग्नेछ।
No ads found for this position
प्रतिक्रिया


डिसी नेपाल
Facebook Comment