जिम्बाब्वेमाथिको बलियो जितसँगै श्रीलंका विश्वकपमा प्रवेश
काठमाडौं । श्रीलंका क्रिकेट टोलीले भारतमा आयोजना हुने एक दिवसीय क्रिकेट विश्वकपमा आफ्नो स्थान पक्का गरेको छ ।
छनोटको सुपर–६ खेलमा जिम्बावेलाई हराउँदै श्रीलंकाले विश्वकपको टिकट जितेको छ ।
टस जितेर बलिङ रोजेको श्रीलंकाले जिम्बाब्वेको सम्पूर्ण टोली १६५ रनमै अलआउट गरेको थियो ।
जवाफमा श्रीलंकाले एक विकेट गुमाएर १६९ रन बनाएको थियो भने जिम्बावेलाई ९ विकेटले पराजित गरेको थियो ।
यस क्रममा ओपनर प्रथुम निसाङ्काले अविजित १०१ रन बनाए ।
श्रीलंकाका बलर महेश थिक्षणाले चार विकेट लिएर ‘प्लेयर अफ द म्याच’ बने ।
श्रीलंका छनोटबाट विश्वकपमा पुग्ने पहिलो टोली बनेको छ भने तीन टोली जिम्बावे, नेदरल्याण्ड र स्कटल्याण्ड भने बाँकी एक स्थानको दौडमा छन् ।
यो वर्ष भारतमा हुने विश्वकपमा १० टोलीको सहभागिता रहनेछ । आईसीसीको एकदिवसीय वरीयताका आधारमा आठ टोली सीधै छनोट भएका थिए भने दुई टोलीले छनोटका माध्यमबाट प्रतियोगितामा आफ्नो स्थान पक्का गर्नुपर्ने हुन्छ ।







डिसी नेपाल







Facebook Comment