मदन स्मृति ब्याडमिन्टन प्रतियोगिता हुने
काठमाडौं । नेपाल खेलकुद महासंघको आयोजनामा असार १९ र २० गते ललितपुरमा मदन स्मृति ब्याडमिन्टन प्रतियोगिता आयोजना हुने भएको छ ।
महासंघले सोमबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै संविधानसभा सदस्य, वर्तमान तथा पूर्व राष्ट्रियसभा तथा प्रतिनिधिसभा सदस्य र प्रदेश सभा सदस्यबीच ललितपुर महाललक्ष्मीस्थानस्थीत रिभाईभ लिजर पार्कमा व्याडमिन्टन प्रतियोगिता आयोजना हुने जनाएको हो ।
खेलकुदको मुद्दालाई राजनीतिक मुद्दा बनाउन अपरिहार्य भएकाले उक्त जिम्मेवारी बोध गराउनका लागि महासंघले देशको नीति निर्मातालाई सहभागी गराएर प्रतियोगीता आयोजना गर्न लागको महासंघका उपाध्यक्ष एवं प्रतियोगीता संयोजक धर्म कुमार श्रेष्ठले जानकारी दिए । एमाले अध्यक्ष केपी शर्मा ओलीद्वारा उद्घाटन हुने प्रतियोगीतामा सहभागी जनाउन विभिन्न राजनीतिक दलबाट ६० जना सांसदले नाम दर्ता गराएको उनले बताए ।
प्रतियोगीताका सम्पूर्ण खेलहरु नेपाल ब्याडमिन्टन संघ र अन्तराष्ट्रिय ब्याडमिन्टन फेडेरेशनको नियमानुसार नै खेलाईने महासंघले जनाएको छ । प्रतियोगितामा पुरुष युगल र महिला युगल तर्फ प्रथम द्वितिय र तृतिय हुनेलाई प्रमाणपत्र मेडल र ट्रफी प्रदान गरिने पनि आयोजकले जनाएको छ ।
No ads found for this position


डिसी नेपाल
Facebook Comment