इमर्जिङ टिम्स एसिया कपको लागि नेपाली टिमको घोषणा

डिसी नेपाल
२२ असार २०८० १९:५९
3.0k
Shares

काठमाडौं । १३ जुलाई देखि श्रीलंकामा सुरु हुने इमर्जिङ टिम्स एसिया कपको लागि नेपाल क्रिकेट संघ (क्यान)ले १६ सदस्यीय टोलीको घोषणा गरेको छ । रोहित पौडेलको कप्तानीमा नेपाली टोलीको घोषणा भएको हो ।

टिममा देव खनाल, श्याम ढकाल, सूर्य तामाङ र सन्दीप जोराको पुनरागमन भएको छ । करण केसी, सन्दीप लामिछाने, दीपेन्द्र सिंह ऐरी र ज्ञानेन्द्र मल्ल भने टिमबाट बाहिरिएका छन् । सन्दीप र दीपेन्द्र ग्लोबल टी–२० खेल्न क्यानडा जाने भएकाले इमर्जिङ कप नेखल्ने भएका हुन् ।

नेपालले एसीसी प्रिमियर कपको उपाधि विजेताको रुपमा इमर्जिङ कप खेल्न लागेको हो । उक्त प्रतियोगिताको उपविजेता युएई तथा तेस्रो भएको ओमान इमर्जिङ कप खेल्दै छन् ।

इमर्जिङ कपको समूह बी मा नेपाल, युएई, पाकिस्तान ए र भारत ए छन् । त्यस्तै समूह ए मा श्रीलंका ए, बंगलादेश ए, अफगानिस्तान ए र ओमान छन् । हरेक समूहका शीर्ष दुई टोलीले सेमिफाइनलमा स्थानमा बनाउने छ ।

नेपालले १४ जुलाईमा पाकिस्तान ए सँग खेल्नेछ । नेपालले दोस्रो खेल १७ जुलाई मा भारत ए सँग खेल्नेछ । नेपालले १९ जुलाईमा युएईसँग खेल्नेछ । २१ जुलाईमा प्रतियोगिताको सेमिफाइनल खेल रहेको छ । २३ जुलाईमा प्रतियोगिताको फाइनल खेल हुनेछ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.