प्रधानमन्त्री कप भलिबल : एपिएफ विजयी
काठमाडौं । सातौं प्रधानमन्त्री कप एनभिए महिला तथा पुरुष राष्ट्रिय भलिबल क्लब च्याम्पियनसिपमा महिलातर्फ नेपाल एपिएफ क्लबले त्रिभुवन आर्मी क्लबलाई पराजित गरेको छ ।
राष्ट्रिय खेलकुद परिषद् राखेपको कभर्ड हलमा आइतबार भएको खेलमा एपिएफले आर्मीलाई ३०–२८, २५–२३, २०–२५, १९–२५ र १५–६ ले पराजित गरेको हो ।
त्यस्तै आइतबार नै भएको पुरुषतर्फको खेलमा गण्डकीलाई एपिएफ क्लबले ३–१ को सेटमा पराजित गर्यो । खेलमा एपिएफ २१–२५, २५–२१, २५–२३ र २५–१७ ले विजयी भएको हो ।
त्यस्तै आइतबार नै भएको अर्को खेलमा टिपटप हेल्प नेपालले सैलुङमाथि २५–१२, २५–१५ र २५–१९ को सहज जित हात पारेको छ । त्यस्तै अर्को खेलमा त्रिभुवन अर्मी क्लबले दावाली मिलनमाथि सोझो सेटमा जित हात पार्यो । आर्मीले २५–१९, २५–११ र २५–२० को सोझो सेटमा हात पारेको हो ।
प्रतियोगितामा महिलामा ६ टिम र पुरुषमा ७ टिम समावेश गरिएको छ । महिला तथा पुरुषतर्फ प्रथम, द्वितीय, तृतीय र चौथो हुने टिमले क्रमश ६ लाख, ३ लाख, १ लाख ५० हजार र ७५ हजार प्राप्त गर्ने छन् । त्यस्तै पुरुष तथा महिलातर्फ सर्वोत्कृष्ट खेलाडीले समान ३५ हजार, उत्कृष्ट सर्भर, सेटर, ब्लकर, स्पाईकर, लिबेरो र प्रशिक्षकले जनही १५ हजार प्राप्त गर्ने आयोजक नेपाल भलिबल संघले जनाएको छ । प्रतियोगिता असार ३० गतेसम्म चल्नेछ ।







डिसी नेपाल







Facebook Comment