भलिबल : आर्मीले एपीएफलाई हरायो

डिसी नेपाल
२७ असार २०८० १८:२४
604
Shares

काठमाडौं । काठमाडौंमा जारी सातौं संस्करणको एनभिए महिला तथा पुरुष राष्ट्रिय भलिबल क्लब लिग त्रिभुवन आर्मी क्लबले नेपाल एपीएफ क्लबलाई पराजित गरेको छ ।

राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्ड हलमा बुधबार भएको खेलमा आर्मीले एपीएफमाथि ३–२ को सेटमा जित हात पारेको हो । खेलको पहिलो सेट २५–१८ ले एपीएफ विजयी भएको थियो भने एपीएफले दोस्रो सेट १६–२५ ले गुमाएको थियो । तेस्रो सेट एपीएफले २६–२४ ले जितेको थियो । चौथो सेट आर्मीले २८–२६ ले जितेको थियो भने पाचौ तथा निर्णायक सेट १७–१५ ले जित्दै आर्मीले महत्वपुर्ण २ अंक पाउन सफल भयो । आर्मीको यो लगातार चौथो जित हो । एपीएफ भने प्रतियोगितामा पहिलो पटक पराजित भएको हो ।

त्यस्तै बुधबार नै भएको अर्को खेलमा टिपटप हेल्प नेपालले पुलिसमाथि ३–२ को सेटमा जित हासिल गरेको छ । हेल्प नेपालले २५–२०, २०–२५, ३०–२८, १८–२५ र २४–२२ को सेटमा पुलिसलाई हराएको हो ।

त्यस्तै बुधबारको अर्को खेलमा शैलुङ्ग बागढुंङ्गा स्पोर्ट्स क्लबले दावाली मिलनमाथि रोमान्चक जित हात पारेको छ । फाइनल दौडबाट बाहिरी सकेको शैलुङ्गले दावालीलाई हराउँदै पहिलो जित हात पारेको हो । शैलुङ्गले २५–१९, १४–२५, २२–२५, २५–२१ र १५–१३ को सेटमा जित हात पारेको हो ।

प्रतियोगितामा महिला तर्फ ६ तथा पुरुष तर्फ ७ टोलीको सहभागीता रहेको छ । महिला र पुरुष तर्फ शीर्ष दुईमा रहने टोलीबीच फाइनल खेल हुनेछ । फाइनल खेल असार ३० गते शनिबार हुनेछ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.