एसीसी मेन्स इमर्जिङ टिम्स एसिया कप सुरु

डिसी नेपाल
२८ असार २०८० १०:५४
2.0k
Shares

काठमाडौं । एसियन क्रिकेट काउन्सिलले आयोजना गरेको एसीसी मेन्स इमर्जिङ टिम्स एसिया कप आजदेखि सुरु भएको छ । आज पहिलो खेलमा श्रीलंका ए र बंगलादेश ए खेलिरहेका छन् ।

कोलम्बोको सिंहालीज स्पोर्टस क्लवमा भइरहेको खेलमा बंगलादेश एले टस जितेर पहिले फिल्डिङ रोजेको थियो । टस हारेर ब्याटिङको निम्तो पाएको श्रीलंकाले ६ ओभरमा कुनै विकेट नगुमाइ ४० रन बनाएर खेलिरहेको छ ।

आज एकैपटक दुई खेल हुने तालिका तय भए पनि कोलम्बो क्रिकेट ग्राउण्ड क्लवमा हुनुपर्ने अफगानिस्तान ए र ओमनको खेल भने सुरु हुन सकेको छैन । गएराती रातभर पानी परेका कारण ग्राउण्ड चिसो भएपछि खेल सुरु हुन नसकेको हो ।

नेपालले आफ्नो पहिलो खेल भोलि पाकिस्तान ए विरुद्ध खेल्दैछ । नेपालको पहिलो खेल कोलम्बो क्रिकेट क्लव ग्राउण्डमा हुनेछ । यो प्रतियोगितामा नेपालसहित भारत, पाकिस्तान, श्रीलंका, बंगलादेश, अफगानिस्तान, ओमन र युएइ गरी ८ देशले प्रतिस्पर्धा गर्दैछन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.