सावित्राले इन्जुरी टाइममा गोल गरेपछि हारबाट जोगियो नेपाल

डिसी नेपाल
२८ असार २०८० २०:०३
3.7k
Shares

काठमाडौं । सावित्रा भण्डारीको इन्जुरी समयको गोलमा नेपालले पहिलो मैत्रीपूर्ण खेलमा बंगलादेशसँग बराबरी खेलेको छ । बंगलादेशमा बिहीबार भएको पहिलो मैत्रीपूर्ण खेलमा नेपालले बंगलादेशसँग १–१ गोलको बराबरी खेलेको हो ।

खेलको ६५ औं मिनेटमा सबिना खातुनको गोलमा बंगलादेशले अग्रता लिएको थियो । हारतर्फ उन्मुख नेपाललाई सावित्रा भण्डारीलाई बचाएकी थिईन् । उनले इन्जुरी समयमा गोल गर्दै नेपाललाई बराबरीको नतिजा दिलाएकी हुन् ।

एशियाडको तयारीमा रहेको नेपालले बंगलादेशसँग मैत्रीपूर्ण फुटबल विदेश गएको छ । नेपालले दोस्रो मैत्रीपूर्ण खेलमा आईतबार खेल्नेछ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.