एपीएफलाई हराउँदै पुलिस फाइनलमा
काठमाडौंमा जारी सातौं संस्करणको प्रधानमन्त्री एनभिए महिला तथा पुरुष राष्ट्रिय भलिबल क्लब लिगमा पुरुष तर्फ नेपाल पुलिस क्लब फाइनल पुगेको छ ।
शुक्रबार राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहलमा भएको खेलमा एपीएफलाई ३–० को सोझो सेटमा पराजित गर्दै पुलिस क्लब फाइनल पुगेको हो । पुलिसले २५–२२, २५–१३ र २५–१५ को सोझो सेटमा जित हात पारेको हो ।
यस्तै महिलातर्फ भने फाइनलमा नेपाल पुलिस क्लब र नेपाल एपिएफ क्लबबीच प्रतिस्पर्धा हुने भएको छ । शुक्रबार न्यु डायमण्ड स्पोर्ट्स एकेडेमी पुलिससँग पराजित भएपछि एपिएफ फाइनलमा पुगेको हो ।
खेलमा पुलिसले न्यू डायमण्डलाई २५–२०, २५–१४ र २५–१७ ले पराजित गर्यो । न्यु डायमण्ड तेस्रो स्थानमा रहेर बाहिरियो । शुक्रबार नै भएको पहिलो खेलमा आर्मीले गण्डकी प्रदेशलाई ३–० को सोझो सेटमा पराजित गर्दै चौथो बन्यो । आर्मीले गण्डकीलाई २५–१८, २५–१२ र २५–१५ को सेटमा पराजित गरेको हो । प्रतियोगितामा महिला तर्फ ६ तथा पुरुष तर्फ ७ टोलीको सहभागीता रहेको छ । महिला र पुरुष तर्फ शीर्ष दुईमा रहने टोलीबीच फाइनल खेल असार ३० गते शनिबार हुदैछ ।







डिसी नेपाल







Facebook Comment