भलिबल राष्ट्रिय टिमका कप्तान हरिहजुर थापा बर्खास्त

डिसी नेपाल
३१ असार २०८० १४:४५
10.8k
Shares

काठमाडौं। नेपाल भलिबल संघले भलिबल राष्ट्रिय टिमका कप्तान हरिहजुर थापालाई कप्तानबाट बर्खास्त गरेको छ। आफ्नो जिम्मेवारी राम्रोसँग निर्वाह नगरेको र कर्तव्यबाट विमुख भएको भन्दै संघले उनलाई कप्तानबाट बर्खास्त गरेको हो।

गत सोमबार दशरथ रंगशालास्थित कभर्ड हलमा गण्डकीविरुद्ध आर्मीबाट खेलेका उनले आफ्नो जिम्मेवारी र भूमिका राम्रोसँग निर्वाह गरेको आरोप छ । आफ्नो कप्तानीमा रहेका टिम आर्मीका खेलाडीले दर्शकलाई पिटेपछि उनलाई कप्तानबाट बर्खास्त गरिएको हो।

घटनापछि महासचिव तथा प्रतियोगिता संयोजक समेत रहेका रोशन श्रेष्ठको संयोजकत्वमा गठन भएको पाँच सदस्यीय छानबिन समितिको सिफारिसमा उनलाई बर्खास्त गरिएको हो।

समितिमा श्रेष्ठसहित सचिव सुनकेशरी माली, कोषाध्यक्ष श्यामकृष्ण श्रेष्ठ, सदस्य अन्जु श्रेष्ठ र जुनु पुन थिए ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *