चेक गणतन्त्रकी मार्केटा भोन्ड्रोसोभा नयाँ विम्बल्डन च्याम्पियन बनिन्

डिसी नेपाल
३१ असार २०८० १५:४८
208
Shares

काठमाडौं । चेक गणतन्त्रकी मार्केटा भोन्ड्रोसोभाले ट्युनिसियाकी ओन्स जाबेउरलाई हराउँदै विम्बल्डनको महिला सिंगल्सको उपाधि जितेकी छिन् ।

यो उनको पहिलो ग्रान्ड स्लाम प्रतियोगिता हो। उनी चेक गणतन्त्रबाट विम्बल्डनको महिला एकल उपाधि जित्ने तेस्रो खेलाडी बनेकी छिन् ।

साथै, विम्बल्डनको इतिहासमा उनी महिला एकल विधामा च्याम्पियन बन्ने पहिलो गैर वरीयता खेलाडी बनेकी छिन् ।

शनिबार लण्डनमा भएको फाइनलमा उनले जाबेउरलाई ६–४, ६–४ को सोझो सेटमा हराइन् ।

सेमिफाइनलमा जाबेउरले अघिल्लो विजेता इलिना रिबाकिनालाई हराएकी थिइन् । योसँगै भोन्ड्रोसोभाले सेमिफाइनलमा एलिना स्विटलिनालाई ६-३, ६-३ को सेटमा पराजित गर्दै फाइनलमा प्रवेश गरिन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.