रोहितको अर्धसतकमा भारत ‘ए’लाई १६८ रनको लक्ष्य

डिसी नेपाल
१ साउन २०८० १७:२९
488
Shares

काठमाडौं । एसीसी इमर्जिंग कप अन्तर्गतको खेलमा नेपालले भारत ए लाई १६८ रनको लक्ष्य दिएको छ । कोलम्बोमा जारी खेलमा कप्तान रोहित कुमार पौडेलको अर्धसतकीय पारीमा नेपालले १६७ रन बनायो ।

टस जितेर पहिला ब्याटिङ गरेको नेपालले ३९.२ ओभरमा सबै विकेट गुमायो । नेपालका लागि कप्तान रोहितले ६५ रन बनाए । उनले ८५ बलमा ७ चौका प्रहार गरे । यस्तै गुल्शन झाले ३० बलमा २ चौका र २ छक्काको मद्दतमा ३८ रन बनाए । सोमपाल कामीले १४ तथा देव खनालले १५ रन बनाउनुबाहेक अन्य ब्याटरले दोहोरो रन बनाउन सकेनन् ।

भारतका निशान्त सिन्धुले ४ तथा राजवर्दन हंगरगेकरले ३ र हर्षित राणाले २ विकेट लिए ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.