नेपालमा हुने साफ यू-१९ च्याम्पियनसिपका लागि एन्फाले खेलाडी छनोट कार्यक्रम सञ्चालन गर्ने
काठमाडौँ। दक्षिण एसियाली फुटबल महासंघ (साफ) यू-१९ च्याम्पियनसिप २०२३ नेपालमा हुने भएको छ। उक्त च्याम्पियनसिपमा सहभागी हुनको लागि अखिल नेपाल फुटबल संघ (एन्फा)ले नेपाली यू–१९ टोली तयार पार्न खेलाडी छनोट गर्ने भएको छ।
साफ यू-१९ को पाँचौ संस्करण असोज ४ गतेदेखि १३ गते (सेप्टेम्बर २१-३०) सम्म हुने एन्फाले जनाएको छ। एन्फाले सोमबार सात प्रदेश र ४८ जिल्ला फुटबल संघलाई पत्र लेख्दै खेलाडी छनोटबारे जानकारी गराएको छ।
जस अनुसार जिल्ला छनोट यही साउन १० गतेदेखि १६ गतेसम्म र प्रदेश छनोट साउन १९ गतेदेखि २३ गतेसम्म सञ्चालन हुनेछ। त्यसपछि साउन २६ देखि ३० गतेसम्म एन्फाले अन्तिम चरणको छनोट कार्यक्रम गरी प्रशिक्षण सञ्चालन गर्ने जनाएको छ।
यू-१९ टिमको प्रशिक्षणमा जान २०६१ साल पुष १७ अर्थात २००५ जनवरी १ पछि जन्मेका खेलाडीहरु मात्र सहभागी हुन पाउनेछन्। साथै नागरिकता र पासपोर्ट अनुवार्य साथमा हुनु पर्ने एन्फाले जनाएको छ।








डिसी नेपाल







Facebook Comment