फरगाना हकले बनाइन् कीर्तिमान, एकदिवसीय शतक बनाउने पहिलो बंगलादेशी बनिन्

डिसी नेपाल
७ साउन २०८० १५:०५
492
Shares

काठमाडौं । बंगलादेश महिला क्रिकेट टोलीले एकदिवसीय शृंखलाको अन्तिम तथा निर्णायक खेलमा भारतीय टोलीलाई बराबरीमा रोक्यो ।

यस खेलमा बंगलादेशकी ओपनर फरगाना हकले १०७ रनको कीर्तिमान पारी खेलेकी थिइन् ।

यही इनिङ्सका कारण फरगाना हक एकदिवसीय क्रिकेटमा शतक प्रहार गर्ने बंगलादेशकी पहिलो महिला क्रिकेटर बनेकी छिन् ।

ढाकामा भएको यो खेल बराबरी भएपछि सिरिज नै वराबरी भएको छ र दुवै टोलीले ट्रफी साझा गरेका छन् । दुवै टोलीले यसअघि एक–एक खेल जितेका थिए ।

यस खेलमा फरगाना अन्तिम ओभरसम्म पिचमा रहिन् र १६० बलको सामना गरिन् । यस क्रममा उनले सात चौका प्रहार गरिन् ।

शनिबार फर्गानाको शतकीय इनिङ्स अघि बंगलादेशका लागि एकदिवसीय क्रिकेटमा सबैभन्दा ठूलो व्यक्तिगत स्कोर (७५ रन) सलमा खातुन र रुमाना अहमदको थियो।

३० वर्षीया फरगानाले बंगलादेशका लागि ५६ एकदिवसीय खेलमा एक शतक र नौ अर्धशतकसहित १२४० रन बनाएकी छिन् । यस शतकीय इनिङ्सअघि उनको सर्वाधिक व्यक्तिगत स्कोर ७१ रन थियो।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.