टि-२० क्रिकेटको एक इनिङमा सबैभन्दा धेरै विकेट लिएर मलेसियाका खेलाडीले इतिहास रचे
काठमाडौं । टी–२० क्रिकेटमा नयाँ इतिहास रचिएको छ । मलेसियाका दायाँ हाते फास्ट बलर स्याजरुल इद्रुसले ७ विकेट लिएर अनौठो उपलब्धि हासिल गरेका छन् ।
उनी टी–२० इतिहासमा यस्तो गर्ने पहिलो बलर बनेका छन् । मलेसियाका बलर स्याजरुल इद्रुसले टी–२० विश्वकप एसिया बी छनोटमा चीनविरुद्ध ८ रन दिएर ७ विकेट लिएका छन् । यो खेल आज (जुलाई २६) क्वालालम्पुरमा खेलिएको छ ।
स्याजरुलको बलिङका कारण चिनियाँ टोली ११.२ ओभरमा २३ रनमै सीमित भयो। यो टि-२० क्रिकेट इतिहासमा तेस्रो सबैभन्दा कम स्कोर हो।
स्याजरुलले पुरुष टी–२० अन्तर्राष्ट्रिय खेलमा पिटर आहोको उत्कृष्ट बलिङको कीर्तिमान तोडेका छन् । पिटरले यो कीर्तिमान २०२१ मा नाइजेरियाबाट खेल्दै सियरा लियोनविरुद्ध बनाएका थिए। त्यसमा पिटरले ५ रन दिएर ६ विकेट लिए ।
स्याजरुलको बलिङका कारण चिनियाँ टोली ११.२ ओभरमा २३ रनमै सिमित भयो। यो टि-२० क्रिकेट इतिहासमा तेस्रो सबैभन्दा कम स्कोर हो। टि-२० मा सबैभन्दा कम स्कोर बनाउने कीर्तिमान आइल अफ म्यानको नाममा छ ।
यो देश यसै वर्ष स्पेन विरुद्ध १० रन बनाएर अलआउट भएको थियो । योसँगै दोस्रो नम्बरमा रहेको टर्कीको टोली चेक गणतन्त्रविरुद्ध मात्र २१ रनमा आउट भएको छ ।







डिसी नेपाल







Facebook Comment