स्टुअर्ट ब्रोडले सन्यासको घोषणा गरे

डिसी नेपाल
१४ साउन २०८० १३:३९
216
Shares

काठमाडौं । इंग्ल्याण्डका तिब्र गतिका बलर स्टुअर्ट ब्रोडले एसेज टेस्ट सिरिजको बीचमा सन्यासको घोषणा गरेका छन् ।

शनिबार ब्रोडले अस्ट्रेलियाविरुद्धको पाँचौं एशेज टेस्ट आफ्नो करियरको अन्तिम खेल हुने घोषणा गरेका हुन् ।

इंग्ल्याण्ड र अस्ट्रेलियाबीचको पाँचौं खेल लण्डनको केनिङ्टन ओभल मैदानमा हुँदैछ ।

३७ वर्षीय ब्रोडले सन् २००६ बाट अन्तर्राष्ट्रिय क्रिकेट सुरु गरेका थिए । १७ वर्षको क्रिकेट करियरमा उनले १६७ टेस्ट खेल खेलेर ६०२ विकेट लिए।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.