हिजाब लगाएर विश्वकप फुटबल खेल्ने पहिलो महिला खेलाडी
काठमाडौं । मोरक्कोकी डिफेन्डर नुहाइला बेन्जिलाले विश्वकपको खेलमा हिजाब लगाएर इतिहास रचेकी छिन् ।
पच्चीस वर्षीया नुहाइलाले दक्षिण कोरियाविरुद्धको विश्वकपमा डेब्यु गर्दा इस्लामिक हेडस्कार्फ लगाएकी थिइन्। यस खेलमा मोरक्को १–० ले विजयी भएको थियो ।
२०१४ मा, फिफाले धार्मिक कारणहरूको लागि हेडस्कार्फलाई स्वीकृत गर्यो। मोरक्को यो वर्ष महिला विश्वकपमा डेब्यु गर्ने आठ टोलीमध्ये एक हो।
मोरक्कन फुटबल क्लबबाट खेल्ने बेन्जिला सिनियर महिला अन्तर्राष्ट्रिय प्रतियोगितामा हिजाब लगाउने पहिलो खेलाडी हुन्।
यसअघि बेन्जिनाले जर्मनीविरुद्ध खेल्न पाइनन् । खेलमा मोरक्को ६–० ले पराजित भयो ।
No ads found for this position
प्रतिक्रिया


डिसी नेपाल
Facebook Comment