साम्बा युरोपियन लिग खेल्न इजरायल प्रस्थान

डिसी नेपाल
१६ साउन २०८० ९:५७
476
Shares

काठमाडौं। नेपाली राष्ट्रिय महिला फुटबलर सावित्रा भण्डारी (साम्बा) युरोपियन लिग खेल्न आज इजरायल गएकी छिन्। साम्बा इजरायलको शीर्ष डिभिजन क्लब हापोएल रानानामा एक सिजनका लागि अनुबन्ध भएकी हुन्।

इजरायल एसियाली महादेशमा भए पनि फुटबल भने युरोपमा खेल्ने गर्छ। मालदिभ्सबाट व्यावसायिक खेल जीवन सुरु गरेकी साम्बाले भारतीय लिगमा तीन सिजन बिताइसकेकी छन्। तिनै सिजन क्लबलाई च्याम्पियन बनाउन साम्बाले महत्त्वपूर्ण भूमिका खेलेकी थिइन्।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *