जसप्रित बुमराह कप्तान बनेर भारतको राष्ट्रिय टिममा फर्किए

डिसी नेपाल
१६ साउन २०८० ११:३९
8.4k
Shares

काठमाडौं । लामो समयदेखि भारतीय क्रिकेट टोलीबाट बाहिर रहेका जसप्रित बुमराहको पुनरागमन भएको छ र उनी आयरल्याण्ड विरुद्धको टी–२० सिरिजका लागि कप्तान चयन भएका छन् । यो शृङ्खला अगस्ट १८ बाट सुरु हुनेछ र दुई टोलीबीच तीन खेल हुनेछन् ।

फास्ट बलर बुमराहले अन्तिम अन्तर्राष्ट्रिय खेल गत वर्ष सेप्टेम्बरमा खेलेका थिए । ढाडको चोटका कारण उनी टोलीबाट बाहिरिएका थिए । पछिल्ला केही महिनादेखि उनी फिटनेसमा व्यस्त थिए । बीसीसीआईले यस सिरिजका बाँकी खेलाडीको नाम पनि ट्वीटरमा जानकारी गराएको छ ।

भारतीय टोलीमा जसप्रीत बुमराह (कप्तान), ऋतुराज गायकवाड (उप कप्तान), यशस्वी जैसवाल, तिलक वर्मा, रिंकु सिंह, सञ्जु सैमसन (विकेटकिपर), जितेश शर्मा (विकेटकिपर) शिवम दुबे, वाशिंगटन सुन्दर, शाहबाज अहमद, रवि बिश्नोई, प्रसिद्ध कृष्ण, अर्शदीप सिंह, मुकेश कुमार र आवेश खान छन् ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *