एकपक्षीय खेलमा फ्रान्स क्वार्टरफाइनलमा
काठमाडौं। फ्रान्स फिफा महिला विश्वकप फुटबलको क्वार्टरफाइनलमा प्रवेश गरेको छ। अष्ट्रेलियाको हिन्दमार्स स्टेडियम एडिलेडमा मंगलबार भएको अन्तिम प्रि-क्वार्टरफाइनल खेलमा फ्रान्सले मोरोक्कोलाई ४-० गोलले हराउँदै क्वार्टरफाइनलमा प्रवेश गरेको हो।
एकपक्षीय खेलमा फ्रान्सलाई जिताउन युजेनी लि सोमेरले २३औं र ७०औं दुई गोल गरिन्। यसअघि केन्जा डेलीले १५औं र काडियाटोउ डियानीले २०औं एक एक गोल गरेकी थिइन्।
खेलभर फ्रान्सको दबाब झेलेको मोरोक्कोले गोल फर्काउन सकेन। क्वार्टरफाइनलमा फ्रान्सले आयोजक अष्ट्रेलियासँग प्रतिस्पर्धा गर्नेछ। फ्रान्सको खेलसँगै क्वार्टरफाइनल जारी विश्वकपको क्वार्टरफाइनल समिकरण पनि पूरा भएको छ।
क्वार्टरफाइनलमा फ्रान्स र अष्ट्रेलियासँगै स्पेन र नेदरल्यान्ड्स, जापान र स्विडेन, इङ्ल्यान्ड र कोलम्बियाबीच प्रतिस्पर्धा हुनेछ।







डिसी नेपाल







Facebook Comment