एसिया कप खेल्ने नेपाली क्रिकेट टोलीको घोषणा, को–को परे ?

डिसी नेपाल
२९ साउन २०८० १६:१९
792
Shares

काठमाडौं । पाकिस्तान र श्रीलंकामा आयोजना हुने एसिया कप क्रिकेटका लागि नेपाली टोलीको घोषणा भएको छ । सोमबार नेपाल क्रिकेट संघ (क्यान)ले नेपालले पहिलो पटक सहभागीता जनाउन लागेको एसिया कप खेल्ने टोलीको घोषणा गरेको हो ।

क्यानले रोहित कुमार पौडेलको कप्तानीमा १७ सदस्यीय टोलीको घोषणा गरेको हो । एसिया कपको तयारीका लागि नेपाल एक साता अघि नै पाकिस्तान जाने क्यानले जनाएको छ । नेपालले पाकिस्तानमा एसिया कपको अन्तिम तयारी गर्ने छ ।

एसिया कप अगष्ट ३० देखी सेप्टेम्बर १७ सम्म पाकिस्तान र श्रीलंकामा हुनेछ । समूह ए मा भारत, पाकिस्तान र नेपाल छन् । समूह बी मा बंगलादेश, श्रीलंका र अफगानिस्तान छन् । नेपालले पहिलो खेल ३० अगष्टमा पाकिस्तानसँग मुल्तानमा खेल्नेछ । दोस्रो खेल ४ सेप्टेम्बरमा श्रीलंकाको केन्डीमा भारतसँग खेल्ने हुनेछ ।

नेपाली टोली

रोहित कुमार पौडेल (कप्तान), आशिफ शेख, कुशल भुर्तेल, ललित नारायण राजवंशी, भिम सार्की, कुशल मल्ल, दिपेन्द्र सिंह ऐरी, सन्दीप लामिछाने, करण केसी, गुल्सन झा, आरिफ शेख, सोमपाल कामी, प्रतिश जि.सि, किशोर महतो, सन्दीप जोरा, अर्जुन साउद, श्याम ढकाल


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *