क्रिकेट विश्वकप २०२३ को ट्रफी ताजमहलमा के गर्दैछ ?

डिसी नेपाल
३१ साउन २०८० १६:२०
156
Shares

काठमाडौं । क्रिकेट विश्वकप २०२३ सुरु हुन लागेको छ । क्रिकेट विश्वको यो ठूलो प्रतियोगिता हुन अब ५० दिन मात्र बाँकी छ ।

आईसीसी विश्वकपको आधिकारिक ट्विटर ह्यान्डलबाट यसबारे जानकारी दिँदै ताजमहल कम्प्लेक्समा राखिएको विश्वकप ट्रफीको तस्बिर सेयर गरिएको छ ।

तस्बिरसँगै लेखिएको छ– क्रिकेट विश्वकपमा अब मात्र ५० दिन बाँकी छ । विश्वकप अक्टोबर ५ मा सुरु हुनेछ र फाइनल नोभेम्बर १९ मा अहमदाबादको नरेन्द्र मोदी स्टेडियममा हुनेछ।

आयोजक भारतले आफ्नो पहिलो खेल अक्टोबर ८ मा अष्ट्रेलियासँग चेन्नईमा खेल्नेछ । ४६ दिने प्रतियोगिताका लागि १० सहरका रंगशाला छनोट गरिएको छ ।

विश्वकपका लागि छनोट भएका १० सहरमा हैदरावाद, अहमदाबाद, धर्मशाला, दिल्ली, चेन्नई, लखनऊ, पुणे, बेंगलुरु, मुम्बई र कोलकाता रहेका छन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.