बेन स्टोक्सले सन्यास फिर्ता लिए, विश्वकप खेल्ने बाटो खुल्यो
काठमाडौं । इंग्ल्याण्डको टेष्ट टोलीका कप्तान बेन स्टोक्सले एकदिवसीय क्रिकेटबाट सन्यासको निर्णय फिर्ता लिएका छन् ।
उनलाई न्यूजिल्याण्ड विरुद्धको चार एकदिवसीय सिरिजका लागि इंग्ल्याण्डको टोलीमा समावेश गरिएको छ ।
उनले यसै वर्ष भारतमा हुने एकदिवसीय क्रिकेट विश्वकपमा पनि सहभागी हुने अपेक्षा गरिएको छ ।
गत वर्ष बेन स्टोक्सले एकदिवसीय क्रिकेटबाट सन्यासको घोषणा गरेका थिए । त्यसबेलासम्म उनले इंग्ल्याण्डका लागि १०५ ओडीआई खेलिसकेका छन् ।
न्यूजिल्याण्ड शृंखलाका लागि इंग्ल्याण्डको टोलीमा जोस बटलर (क), मोइन अली, जी एट्किन्सन, जोनी बेयरस्टो, साम कुरान, लियाम लिभिङस्टोन, डेविड मलान, आदिल राशिद, जो रुट, जेसन रोय, बेन स्टोक्स, आर टोपले, डेभिड विली, मार्क वुड र क्रिस वोक्स छन् ।
प्रतिक्रिया







डिसी नेपाल







Facebook Comment