११ महिनापछि मैदानमा फर्किए जसप्रित बुमराह
काठमाडौं । भारतीय टोलीका शीर्ष फास्ट बलर जसप्रित बुमराह ११ महिनापछि बुधबार आफ्नो परिचित शैलीमा बलिङको अभ्यास गर्दै देखिएका छन् ।
२९ वर्षीय बुमराहले यसअघि अष्ट्रेलियाविरुद्ध २५ सेप्टेम्बर २०२२ मा हैदराबादमा अन्तर्राष्ट्रिय टी–२० खेलेका थिए ।
त्यसयता उनी ढाड दुख्ने समस्याका कारण मैदान बाहिर थिए । जसका कारण उनको शल्यक्रिया पनि गर्नुपरेको थियो ।
आयरल्याण्डको डब्लिन शहरमा आगामी शुक्रबारदेखि तीन टी–२० खेलको शृङ्खला सुरु हुँदैछ, जसमा टीम इन्डियाको कमाण्ड बुमराहको हातमा हुनेछ ।
यो गत जुलाई ३१ मा घोषणा गरिएको थियो। टीम इन्डिया मंगलबार आयरल्याण्ड पुगेको छ त्यसपछि अभ्यास सुरु गरेको छ ।
बीसीसीआईले सोसल मिडिया प्लेटफर्म एक्स (ट्विटर) मा एक भिडियो शेयर गरेको छ जसमा बुमराह पूर्ण बलका साथ बलिङ गरिरहेको देख्न सकिन्छ।
एसिया कप र एकदिवसीय अन्तर्राष्ट्रिय विश्वकप पनि अब हुने भएको छ ।
अभ्यास सत्रमा बुमराहले बाउन्सर हाने र ब्याट्सम्यानले डिफेन्स गर्न निहुरिनु परेको थियो ।
यस क्रममा उनले बाउन्सर र योर्कर बल पनि गरेका थिए । अभ्यास सत्रले बुमराहको उत्कृष्ट रिकभरी देखाएको बताइएको छ ।
यस भ्रमणमा फास्ट बलर प्रसिद्ध कृष्णा पनि छन्, जो आफै पनि चोटका कारण लामो समयसम्म टोलीबाट बाहिर रहेका थिए । उनको शल्यक्रिया पनि गर्नुपर्यो ।







डिसी नेपाल







Facebook Comment