युएईले न्युजिल्याण्डलाई ७ विकेटले हरायो
काठमाडौं । युएई भ्रमणमा रहेको न्युजिल्याण्डले दोस्रो टी२०मा ७ विकेटको हार व्यहोरेको छ । दुबईमा शनिबार भएको खेलमा युएईले न्युजिल्याण्डलाई ७ विकेटले हराउँदै ऐतिहासिक जित निकालेको हो ।
न्युजिल्याण्डले दिएको १४३ रनको लक्ष्य युएईले १५.४ ओभरमा मात्र ३ विकेट गुमाएर पुरा ग¥यो । युएईका लागि कप्तान मुहम्मद वासिमले ५५ रनको अर्धसतकीय पारी खेले । २९ बल खेलेका उनले ४ चौका र तीन छक्का प्रहार गरे । यस्तै आसिफ खान ४८ रनमा नटआउट रहे भने वृत्य अरविन्दले २५ रन बनाए । न्युजिल्याण्डका टिम साउथी, मिचेल शेन्टनर र काइल जेमिसनले समान १ १ विकेट लिए ।
यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको न्युजिल्याण्डले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १४२ रन बनाएको थियो । न्युजिल्याण्डका मार्क चापमानले ६३ रन तथा चाड बोइस जेम्स निशामले समान २१ २१ रन बनाए । अन्य ब्याटरले दोहोर रन बनाउन सकेनन् । युएईका आयान खानले ३ तथा मुहम्मद जवादुल्लाहले २ विकेट लिए ।
युएई भ्रमणमा रहेको न्युजिल्याण्डले पहिलो खेलमा १९ रनको जित हासिल गरेको थियो ।







डिसी नेपाल







Facebook Comment