आईसीसीद्वारा क्रिकेट विश्वकप २०२३ को मस्कट जारी
काठमाडौं । आईसीसीले क्रिकेट विश्वकप २०२३ का लागि मस्कट सार्वजनिक गरेको छ । यद्यपि अहिलेसम्म यसको कुनै नाम दिइएको छैन र आईसीसीले विश्वभरका क्रिकेट फ्यानहरूलाई उनीहरूको नाम सुझाव दिन आग्रह गरेको छ।
क्रिकेट फ्यानहरुलाई अगस्ट २७ सम्ममा मस्कटको नाम पठाउन भनिएको छ । यसअघि शनिबार साँझ आईसीसीले एक समारोहका बीच क्रिकेट विश्वकप २०२३ को मस्कट सार्वजनिक गरेको थियो । मस्कट भारतको अन्डर-१९ क्रिकेट विश्वकप कप्तान यश धुल र शेफाली वर्माको उपस्थितिमा गुरुग्राममा जारी गरिएको थियो।
मस्कटमा महिला र पुरुष क्रिकेटको प्रतिनिधित्व गर्ने दुई एनिमेटेड क्यारेक्टरहरू छन्। मस्कटको अनावरणमा आईसीसी हेड अफ इभेन्ट क्रिस टेटलीले भने, “हामी आईसीसी पुरुष क्रिकेट विश्वकप २०२३ अघि यो मस्कट जोडी लन्च गर्न पाउँदा खुसी छौं।”
उनले यो पनि भने कि यी मस्कटहरूले हाम्रो गतिशील संसारमा लिङ्ग समानताको महत्त्वपूर्ण भूमिकाको प्रतीक हो र आगामी पुस्ताको क्रिकेट फ्यानहरूसँग जोड्न आईसीसीको महत्त्वपूर्ण प्रयास हो।







डिसी नेपाल







Facebook Comment