स्पेनले जित्यो महिला विश्वकप फुटबलको उपाधि, इंग्ल्याण्डलाई १-० ले हरायो

डिसी नेपाल
४ भदौ २०८० १२:१८
152
Shares

काठमाडौं । स्पेनले महिला फुटबल विश्वकप २०२३ को उपाधि जितेको छ । फाइनलमा उनले इङ्ल्यान्डको महिला टोलीलाई १–० ले हराएको हो ।

अष्ट्रेलियाको सिड्नीमा आइतबार भएको फाइनलमा स्पेनका लागि ओल्गा कार्मोनाले विजयी गोल गरेकी हुन् । सेमिफाइनलमा पनि कार्मोनाले स्विडेनविरुद्ध विजयी गोल गरेकी थिइन् ।

योसँगै स्पेनिस टोलीले पहिलो पटक महिला फुटबल विश्वकपको उपाधि जित्न सफल भएको छ ।

फाइनलको २९ औं मिनेटमा ओल्गा कार्मोनाले एक मात्र गोल गरिन् । विश्वकप फुटबलको उपाधि जित्ने स्पेन पाँचौं टोली हो ।

यो महिला फुटबल विश्वकपको ९ औं संस्करण हो । स्पेनिस टोलीले पहिलो पटक उपाधि जितेको हो । यसअघि अमेरिकाले चार पटक, जर्मनीले दुई पटक र नर्वे र जापानले एक–एक पटक उपाधि जितेका छन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.