वर्षाले खेल रद्ध भएपछि भारत र पाकिस्तानले अंक बाँडे

डिसी नेपाल
१६ भदौ २०८० २२:२४
9.4k
Shares

काठमाडौं । वर्षाका कारण पाकिस्तान र भारतबीचको एसिया कपको खेल रद्ध भएको छ । निरन्तरको वर्षाका कारण दोस्रो ईनिङ सुरु हुन नसकेपछि दुवै टोलीले अंक बाँडेका छन् ।

पहिलो इनिङमा भारतले ब्याटिङ गर्दै २६६ रन बनाएको थियो । श्रीलंकाको पालेकेले रंगशालामा टस जितेर ब्याटिङ थालेको भारतले ४८.५ ओभरमा सबै विकेट गुमाएर २६६ रन बनाएको हो।

भारतका लागि हार्दिक पान्ड्याले ८७ रन बनाए। पान्डयाले इशान किसनसँग १३८ रनको साझेदारी गरेका थिए। किसनले ८२ रन जोडे। श्रेयस ऐयर र रवीन्द्र जडेजाले समान १४ रन बनाए। जसप्रीत बुमराहले १६, कप्तान रोहित शर्माले ११ र शुभमन गिलले १० रन जोडेका थिए।

पाकिस्तानका साहिन साह अफ्रिदीले चार विकेट लिए। १० ओभर बलिङ गरेका उनले दुई मेडन राख्दै ३५ रन खर्चिए। ह्यारिस रौफ र नसिम साहले समान तीन विकेट झारे।

यस खेलमा अंक बाडेसँगै पाकिस्तान सुपर फोरमा स्थान बनाउने पहिलो टोली बनेको छ । सोमबारको खेलमा भारतलाई पराजित गरेमा नेपाल सुपर फोरमा प्रवेश गर्नेछ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.