नेपालले बंगलादेशलाई दियो १७० रनको लक्ष्य
BLOEMFONTEIN, SOUTH AFRICA - JANUARY 31: Bishal Bikram KC of Nepal bats from Ashiqur Rahaman Shibli of Bangladesh during the ICC U19 Men's Cricket World Cup South Africa 2024 Super Six match between Nepal and Bangladesh at Mangaung Oval on January 31, 2024 in Bloemfontein, South Africa. (Photo by Alex Davidson-ICC/ICC via Getty Images)
काठमाडौं । यु–१९ विश्वकपमा सुपर सिक्स चरणको पहिले खेलमा नेपालले बंगलादेशलाई १७० रनको लक्ष्य दिएको छ । टस जितेर पहिले ब्याटिङ नेपालले गरेका नेपालले ४९.५ ओभरमा सबै विकेट गुमाएर १६९ रन बनायो ।
नेपालका लागि विशाल बिक्रम केसीले ४८ तथा कप्तान देव खनालले ३५ रन बनाए भने अन्य ब्याटर राम्रो रन बनाउन सकेनन् । सुवाष भण्डारी १८ तथा अर्जुन कुमालले १४ रन बनाए । बंगलादेशका रोहनत दौल्लाहले ४ तथा शेख पेभेज जिवनले ३ विकेट लिए ।
यो विश्वकपमा हिजो भएका सुपर सिक्स चरणका खेलमा भारत र पाकिस्तान दुवैले जितेपछि नेपालको सेमिफाइनल पुग्ने सम्भावना समाप्त भइसकेको छ । तर, नेपालले अब खेल्ने खेलहरु टेष्ट राष्ट्रविरुद्ध भएकोले यी खेलहरु निकै महत्वपूर्ण मानिएका छन् ।
यसअघि नेपालले समूह चरणमा टेष्ट राष्ट्र अफगानिस्तानलाई हराएर सुपर सिक्स पुगेको थियो । जारी विश्वकपमा टेष्ट राष्ट्रलाई हराउने नेपाल एकमात्र एसोसिएट राष्ट्र हो ।







डिसी नेपाल







Facebook Comment