प्रधानमन्त्री कपको फाइनलमा आर्मी र पुलिस भिड्ने

डिसी नेपाल
१८ माघ २०८० १४:१३
108
Shares

काठमाडौं। त्रिभुवन आर्मी कपले जारी प्रधानमन्त्री कपमा गण्डकी प्रदेशलाई ६८ रनले पराजित गर्दै फाइनलमा पुगेको छ । बिहीबार सम्पन्न खेलमा त्रिभुवन आर्मीले गण्डकी प्रदेशलाई ६८ रनले पराजित गरेको हो ।

आर्मीले दिएको १३३ रनको लक्ष्य दिएको आर्मीले गण्डकी प्रदेश २३।४ ओभरमा ६४ रनमा अल आउट भएपछि आर्मीले खेल ६८ रनले जितेको हो ।  यसअघि पहिला ब्याटिंग गरेको आर्मीले ३९।१ ओभरमा १३२ रन बनाएर अलआउट भएको थियो ।

यो जितपछि आर्मीको ९ खेलमा १४ अंकमा रहेको छ र अंक तालिकामा दोस्रो हुदै फाइनलमा आफ्नो स्थान सुरक्षित गरेको छ ।  अब आर्मीले फाइनलमा नेपाल पुलिस क्लबको सामना गर्नेछ ।

फाइनल खेल शनिबार टियु मैदानमा हुने छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.